७ चैत्र २०७९, मंगलवार

सुर्खेतबाट खरिदारको यात्रा थालेका आचार्य आयल निगमको कार्यकारी निर्देशक

२०७४,आश्विन,५,बिहीवार ०८:४४

0
Shares

काठमाडौ, ५ असोज ।सुर्खेतको सामान्य किसान परीवारमा जन्मेका प्रेम आचार्यलाई सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक बनाएको छ । गोपाल बहादुर खड्कालाई बर्खास्त गरेपछि आपूर्ति मन्त्री शिवकुमार मण्डलले आचार्यलाई अर्को व्यवस्था नभएसम्म निगमको कार्यकारीका रुपमा काम गराउने निर्णय गरेका हुन ।२०३७ सालमा सुर्खेतको चौकुने गाउँपालिका (साविकको गुटु गाविस–४) मा जन्मेका आचार्य २० वर्षको उमेरमा निजामति सेवा प्रवेश गरेका हुन । २०३७ आस्विन ३ गते खरीदारबाट निजामति सेवा प्रवेश गरेका उनी जिल्ल सहकारी कार्यालय सुर्खेतमा कार्यरत थिए । २ वर्षपछि २०५९ सालमा नायव सुब्बामा नाम निकालेपछि उनी लोकसेवा आयोग अन्तर्गतका विभीन्न कार्यालय बसे । शुरुमा लोकसेवाको जुम्ला कार्यालय, त्यसपछि दाङ्ग र केन्द्रिय कार्यालय अनामनगर बसेका उनी ७ वर्षपछि अधिकृतमा नाम निकालेर अर्थ मन्त्रालय अन्तगर्ततको आन्तरीक राजस्व विभागमा काम गरे ।७ वर्ष राजस्वमा काम गरेर उनले गतवर्ष २०७३ जेठ १८ मा उपसविचमा नाम निकालेका थिए । उपसविच भएपछि आपूर्ति मन्त्रालयको प्रशासन प्रमुख रहेर काम गरे । जनप्रशासन र ग्रामिण विकासमा स्नातकोत्तर आचार्य आपूर्ति मन्त्रालयको बुधबारको निर्णय अनुसार आयल निगमको कार्यकारी निर्देश बनेका छन ।बुबाआमा कृषि पेशामा संलग्न रहेका आचार्यका २ जना भाईहरु पनि निजामति सेवामै छन । आचार्यले शुक्रबारदेखि कार्यकारी निर्देशकको रुपमा पदभार ग्रहण गर्दैछन ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८