चिनीबाट लिन सकिन्छ यस्ता फाइदा

काठमाडौं । चिनीको प्रयोग हामी चिया लगायत विभिन्न कुरामा प्रयोग गर्दछौँ । गुलियो बनाउनका लागि चिनकिो आवश्यक पर्दछ । तर हामीलाई थाहा छैन होला ।

यसले गुलियो बनाउने काम मात्र गर्दैन, यसबाट धेरै फाइदा रहेका छन् । आज हामी चिनीका बहुउपयोगी फाइदाका बारेमा तपाईलाई जानकारी दिनेछौँ ।

१. चिनिको प्रयोगबाट अनुहारमा रहेको कालो दागहट्ने गर्दछ । कागतीको रस र चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको पोतो र कालो दाग हटेर जान्छ ।

२. चिनिको प्रयोगले अनुहारको चाउरीपन हटाउँछ । साथै चिनी, एलोवेरा जेल र दूध मिसाएर लगाए अनुहारको चाउरीपन केहि हदसम्म कम हुन्छ ।

३. चिनीको प्रयोग गर्नाले घामले डढेको छालालाई समेत ठिक बनाउँछ । चिनी, गोलभेडाको जुस र बेसन मिसाएर प्रयोग गर्नाले अनुहारमा घामले डढेको छालालाई राम्रो गर्दछ ।

यसरी हप्तामा ३ पटक प्रयोग गर्नुभयो भने जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ।

४. चिनिको प्रयोगले कालो ओठलाई गुलाबी बनाउन समेत मद्धत गर्दछ । चिनी, ओलिव ओइल र कागतीको रस मिसाएर ओठमा लगाए यसले कालो ओठलाई गुलाबी ओठ बनाउँछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?