नेपाली बिहे गर्ने विदेशी पुरुषलाई १५ वर्षमा नागरिकता

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई १५ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव ल्याएको छ ।
नेपाली महिलासँग विवाह गरेर १५ वर्ष यतै बसेको व्यक्तिले चाहे नेपाली नागरिकता दिने कानुन बनाउनुपर्ने प्रस्ताव आएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
उक्त प्रस्तावले सत्तारुढ नेकपाभित्र विवाद सिर्जना गरेको छ । नेकपाका केही सदस्यले विदेशी पुरुषलाई नागरिकता खदिँदा गम्भीर हुनुपर्नेमा धारणा राख्दै अँएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?