लकडाउनमा समेत सांसदले लिए सवारी भत्ता

लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरूले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ ।

सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन चैत २६ मा सुरु भएको थियो ।
भाडाको
ट्याक्सी नचल्ने र निजी गाडी रिजर्भ गरेरसमेत बैठकमा जान नसक्ने अवस्था भएपछि संसद् सचिवालयले सांसदहरूका लागि गाडी व्यवस्था गरेको थियो ।
तर बैठकमा सहभागी भएबापत एक हजार र यातायात भत्ताबापत एक हजार रुपैयाँका दरले अरू बेलाकै जसरी सांसदले भत्ता लिएका छन् ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?