उपाधिका लागि युभेन्ट्स र नापोली भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । कोपा इटालिया फुटबलको फाइनल खेल आज (बुधबार) राति हुँदैछ ।

कोपा इटालियाको फाइनलमा युभेन्ट्स र नापोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

रोमको ओलम्पिक स्टेडियममा दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ रहने युभेन्ट्स सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

युभेन्ट्स कोपा इटालियामा सर्वाधिक सफल टिम हो । युभेन्ट्सले कीर्तिमानी १३ पटक उपाधि जितिसकेको छ । यता, ४ पटकको च्याम्पियन नापोली पनि युभेन्ट्सलाई हराएर उपाधि उचाल्न चाहन्छ ।

सेमिफाइनलमा युभेन्ट्सले एसी मिलानलाई अवे गोलको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । युभेन्ट्सले पछिल्लो पटक सन् २०१८ मा उपाधि जितेको थियो ।

नापोलीले सेमिफाइनलमा इन्टर मिलानको चुनौती समाप्त गर्दै युभेन्ट्ससँगको भेट पक्का गरेको हो । णापोलीले पछिल्लो पटक सन् २०१४ मा उपाधि उचालेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?