च्याम्पियन्स लिग फुटबलको फाइनल अगष्ट २३ मा हुने

काठमाडौं । कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग फुटबल अगष्ट ७ बाट सुचारु हुने भएको छ ।

युनियन अफ युरोपियन फुटबल एसोसियसन ९यूईएफए० ले बुधबार च्याम्पियन्स लिग अगष्ट ७ बाट सुचारु गर्ने निर्णय गरेको हो ।

कोरोनाको कारण गत मार्चबाट च्याम्पियन्स लिग स्थगित गरिएको थियो । अन्तिम १६ का खेलहरु चलिरहदा लिग स्थगित भएको थियो ।

अन्तिम १६ को दोस्रो लेगको खेल स्थल भने तय भएको छैन । तर, यूएईएफएले क्वाटरफाइनल पछिका खेल पोर्चुगलको लिस्बनमा १२ दिन भित्र सक्ने जनाएको छ । फाइनल खेल अगष्ट २३ मा हुनेछ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल पछिका खेलहरु एक लेगको हुनेछ । सम्पूर्ण खेलहरु बन्द रंगशालामा हुनेछ ।

यूएईएफले सन् २०२१ को फाइनल खेल इस्तानबुल, २०२२ को सेट-पिटर्सवर्ग, २०२३ को म्युनिख र २०२४ को लण्डनमा आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै युरोपा लिग जर्मनीमा हुनेछ । युरोपा लिगको फाइनल अगष्ट २१ मा हुनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?