दलित महिला सदस्यको मृत्यु

काठमाडौं । भूमे गाउँपालिका वडा नं ४ का दलित महिला सदस्य धनिसरा कामीको आज बाटामा लडेर मृत्यु भएको छ ।

वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय खाबाङ बजार जाँदै गर्दा लडेर गम्भीर घाइते भएपछि घर ल्याउन खोज्दा उहाँको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)का प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।

सो क्षेत्रमा वर्षा भइरहेकाले घटनाको विस्तृत विवरण आउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?