काठमाडौं । कोरोनाका कारण बुधवार मृत्यु भएका पुरुष यातायात व्यवसायी भएको खुलेको छ ।
स्थानीय पवनदूत यातायात समितिका उपाध्यक्ष समेत रहेका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको सेती प्रादेशीक अस्पतालको आईसोलेसनमा उपचार भएकोमा त्यही मृत्यु भएको हो । उनको ठेगाना गोदावरी नगरपालिका ४ रहेको बताइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि यसअघि उनको धनगढीस्थित नवजीबन अस्पतालमा उपचार भएकोमा कोरोना पोजिटिभ देखिएपछि सेती रिफर भएको थियो ।
उनी भारतीय नाकामा अलपत्र परेका नेपालीलाई ओसारपसार गर्ने काममा समेत सक्रिय थिए । सोही क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया