राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ: प्रधानमन्त्री

काठमाडौँ, ७ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समय देखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन् सोमबार ६८औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजधानीको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले आज जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तन सहितको नेपालको संविधान नेपाली जनताका प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको भन्दै तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा प्रवेश गरिएको बताए उनले भने, ‘ नेपाली जनताले लामो समय देखी अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको छ ।’सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत “सुखी नेपाली र समृद्ध नेपाल” को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको पनि ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?