दूधकोशीको बजेट २१ करोड ८० लाख, दुधकुण्डमा आफ्नै नगर प्रहरी

सोलुखुम्बु, ५ असोज ।सोलुखुम्बुको दूधकोशी गाउँपालिकाको पहिलो गाउँसभाले नीति तथा कार्यक्रमको साथमा चालु आर्थिक वर्ष २०७४÷७५ को बजेट सार्वजनिक गरेको छ ।बुधबार सम्पन्न गाउँसभाले रु २१ करोड ८० लाख ७ हजारको बजेट सार्वजनिक गरेको हो । सडकलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरिएको गाउँपालिकाका उपाध्यक्ष जुनिता मगरले जानकारी दिईन । उक्त बजेट गाउँपालिकाको विकास र समृद्धिका लागि हरेक वडा कार्यालयसम्म सडक सञ्जाल पु¥याउने गरी विनियोजन गरिएको छ ।त्यस्तै, वडातर्फ सात करोड २३ लाख रुपैयाँ तथा गाउँपालिकातर्फ चार करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ । सशर्त अनुदानमा आठ करोड ६४ लाख ९५ हजार रुपैयाँ बजेट रहेको छ । सार्वजनिक नीति तथा कार्यक्रमले एकै वर्षमा परिर्वतनको महसुस गर्न सकिने गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको भनाइ छ ।सोलुदूधकुण्डको बजेट ४४ करोड ९२ लाखजिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डले चालु आव २०७४÷७५ का लागि ४३ करोड ९२ लाख ५१ हजार रुपैयाँ बजेट पारित गरेको छ ।सडकलाई प्राथमिकतामा राख्दै बजेट पारित गरेको हो । सडक स्तरोन्नतितर्फ १८ करोड ३१ लाख २५ हजार रुपैयाँ , सडक विस्तारका लागि ७५ लाख रुपैयाँ, पर्यटन पूर्वाधारका लागि एक करोड ३३ लाख २५ हजार रुपैयाँ, शिक्षामा ९७ लाख ५० हजार रुपैयाँ र स्वास्थ्यमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिए । नगरसभाले तरकारी तथा फलफूल बजारको स्थापनासहित कृषिमा रु ५५ लाख, सडक सौर्य बत्तीसहित ऊर्जामा रु ६९ लाख, खानेपानी योजनामा रु ५५ लाख, नगरपालिकाको १० वटै वडामा इमेल इन्टरनेटको पहुँच पु¥याउनका लागि रु १५ लाख, सङ्घसंस्था अनुदान तथा मागमा आधारित साझेदारी कार्यक्रम सञ्चालनका लागि रु ३५ लाख, दैवीप्रकोप राहत तथा उद्धार कोषका लागि रु १० लाख र भैपरी आउने खर्चका लागि रु २५ लाख विनियोजन गरेको छ ।यस्तै, नगरपालिकाले आफ्नै नगर प्रहरीको व्यवस्था गर्ने निर्णय गरेको छ । सो कार्यका लागि रु ५० लाख बजेटको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?