एउटै गाउँपालिकाका २७३ जनामा कोरोना, प्रशासनले लियो यस्तो निर्णय

काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिकाका विभिन्न क्वारेन्टाइन रहेका व्यक्तिहरुमध्ये २७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सो गाउँपालिकाका ७२ घण्टाका लागि सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाका सम्पूर्ण क्षेत्र ७२ घण्टाका लागि सिल गरिएको जानकारी दिएको हो ।

जिल्लास्थरीय संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आजदेखि असार ६ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी सिल गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?