आगामी विजेट विनियोजन गर्दा समानुपातिक वितरण प्रणालीलाई ध्यान दिन्छौं : मन्त्री नेम्वाङ

काठमाडौं । विनियोजन विधेयकमाथि २०७७ माथि राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै वर्तमान परिस्थितलाई मध्यनजर गर्दै गत वर्षको तुलनामा बजेट कम भएपनि क्रमांगत योजनाहरुलाई निरन्तरता दिइएको बताए ।

गतवर्षभन्दा आगामी आर्थिक वर्षका लागि २२ अबए कम रकम विनियोजन भएपनि राष्ट्रिय गौरबका आयोजनाहरु तोकिएको समयमै सम्पन्न गरिने प्रतिवद्धता जनाए । महाकाली करिडोरका काम चाँडो सम्पन्न गर्न गतवर्ष जतिकै बजेट विनियोजन गरिएको र सरकारले तिंकर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको बाताए । देशको बजेटको अवस्था, निर्माण व्यवसायीको योग्यता र क्षमताले वर्षदिनमा बढीमा तीनसय भन्दा बढी पुलहरु निर्माण गर्न सक्ने अवस्था नभएको उल्ल्ेख गर्दै उनले आफ्नो क्षेत्रमा योजना परेन भनेर चित्त नदुखाउन उनले आग्रह गरे ।

आगामी आर्थिक वर्षमा विजेट विनियोजन गर्दा समानुपातिक वितरण प्रणालीलाई ध्यान दिने उनले बताए । मन्त्री नेम्वाङले हुलाकी राजमार्ग, मदनभण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग लगायतका ८० वटा राजमार्गहरु विस. २०७९/०८० सम्म सम्पन्न गर्ने गरी निरन्तरता दिइएको उनले बताए । त्रिदेशिय महत्व राख्ने सडकहरु निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।

पूर्व पश्चिम राजमार्गलाई कम्तिमा ४ लेनको स्तरोन्नती गर्नेगरी काम अघि बढाइएको उनले बताए । आगामी आर्थिक वर्षबाट नेपाली झण्डा फहराएर जयनगर जनकपुर रेल चलाउने योजना रहेको उल्लेख गर्दै उनले काँकडभित्ता देखि गड्डचौकीसम्म विद्युतिय रेलमार्ग अपरिहार्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?