नेपालमा कोरोना अपडेट : थपिएका ५८६ संक्रमित कुन जिल्लाका हुन् ? (प्रादेशीक विवरणसहित)

काठमाडौं – नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकमध्ये ४ जना महिला र १६ जना पुरुष रहेका छन् ।

नेपालमा आज अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।जसमध्ये ५३९ जना महिला र ६६३८ जना पुरुष रहेका छन् । बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । बितेको २४ घण्टामा थप ९ जना संक्रमणमुक्त भएका छन् ।

आइसीयुमा उपचाररत थिईन्, कोरोना पुष्टि भएकी मृतक

नेपालमा कोरोनाको कारण थप १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

गत असार १ गते बाँकेको बैजनाथ गाउँपालिका ६ मा मृत्यु भएकी ४६ वर्षीया महिलाको पीसीआर रिपोर्ट आएको हो ।

उनी गत ३० जेठमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचार भर्ना भएकी थिइन् ।

उनपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको कोरोना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनको कोरोना परीक्षणको लागि भेरी अस्पताल पठाइएको थियो र परीक्षणका क्रममा कोरोना पोजेटिभ आएको हो ।

। यसअघि बाँके जिल्लामा जेठ ४  गते नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।

यससँगै नेपालमा कोरोनाको कारण ज्यान जानेको संख्या २० पुगेको छ । त्यस्तै आज मात्रै थप ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । त्यससँगै कुल संक्रमितको संख्या ७ हजार १ स ७७ पुगेको छ । हालसम्म १ हजार १ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यस्तो छ थपिएकाहरुको विवरण : 

धरानमा भएको परीक्षणमा ५ जना : (उदयपुरका ४ जना पुरुष, सिरहाका १ जना पुरुष )

विराटनगरमा भएको परीक्षणमा ११ जना : (मोरङका ९ जना पुरुष झापाका २ जना पुरुष )

जनकपुरमा भएको परीक्षणमा २७ जना : (धनुषाका ४ जना पुरुष, महोतरीका १ जना महिला र ४ जना पुरुष, बाराका १ जना महिला र ६ जना पुरुष रौतहटका ११ जना पुरुष )

विरगञ्जमा भएको परीक्षणमा ६ जना : (महोतरीका ६ जना पुरुष )

टेकुमा भएको परीक्षणमा २ सय ६५ जना :  (कपिलवस्तुका २ जना महिला र ८ जना पुरुष महोत्तरीका ६ जना महिला र १८३ जना पुरुष रौतहटका ५ जना महिला र ३४ जना पुरुष रुपन्देहिका ३ पुरुष सर्लाहीका ३ जना महिला र ३ जना पुरुष प्यूठानका १८ जना पुरुष )

भरतपुर अस्पतालमा भएको परीक्षणमा ३ जना : (अर्घाखाँचीका ३ जना पुरुष)

धुलिखेल अस्पतालमा ९९ जना (धनुषाका २ जना महिला, २० जना पुरुष, रौतहटका ४ जना महिला र ७३ जना पुरुष )

शिक्षण अस्पतालमा भएको परीक्षणमा १ जना : (कैलालीका १ जना पुरुष)

पोखरामा भएको परीक्षण्मा २० जना : (पर्वतका १ जना महिला २ जना पुरुष , पूर्वी नवलपरासीका १७ जना पुरुष)

रुपन्देहीमा भएको परीक्षणमा ५९ जना : (गुल्मीका २ जना महिला २४ जना पुरुष, प्यूठानका १ जना महिला र १९ जना पुरुष रुपन्देहीका २ जना महिला र २ जना पुरुष, अर्घाखाँचीका १ जना महिला र ८ जना पुरुष)

भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना :  (बाँकेका १ जना महिला बर्दीयाका १ जना महिला र ३० जना पुरुष)

दाङमा भएको परीक्षणमा ३३ जना : (दाङका १ जना महिला र ७ जना पुरुष, सल्यानका ३ जना महिला २२ पुरुष )

सुर्खेतमा भएको परीक्षणमा ४ जना : (सुर्खेतका २ जना पुरुष दैलेखका २ जना पुरुष )

जुम्लामा भएको परीक्षणमा १४ जना : (कालिकोटका २ जना महिलार १२ जना पुरुष)

कैलालीमा भएको परीक्षण्मा ७ जना : (कञ्चनपुरका १ जना महिला र ६ जना पुरुष )

को रिपोर्ट पोजेटिभ देखिएको छ ।

नेपालमा हिजो (मंगलवार) एकैपटक ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ ।

यस्तै आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् ।

५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् ।

प्रादेशीक विवरणअनुसार प्रदेश ५ मा सबैभन्दा धेरै अर्थात् ७ जनाको मृत्यु भएको छ ।

वाग्मती प्रदेशमा हालसम्म ४ जनाको मृत्यु भएको छ भने मृतकको संख्याको आधारमा प्रदेश २ र कर्णाली प्रदेशमा ३ /३ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १ जनाको मृतयु भएको छ । प्रदेश १ मा हालसम्म मृत्युको रेकर्ड छैन ।

नेपालमा १ हजार १ सय ६७ जनाले जिते कोरोना

नेपालमा थप ९ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार १ सय ६७ पुगेको छ । आज कोरोना संक्रमण मुक्त भएका ९ जना सबै पुरुष रहेका छन् ।

महेन्द बिनाई अस्पताल सिराहबाट ६ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार नारायणी अस्पतालबाट रौतहटका २ जना पुरुष र पर्साका १ जना पुरुष रहेका छन् ।

कोरोना जितेर घर फर्किनेमा महिला ११२ र पुरुष १ हजार ५५ रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?