नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । नेपालमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । आज थप १ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रवक्ता डा गौतमका अनुसार असार १ गते बाँकेको बैजनाथ गाउँपालिका ६ मा मृत्यु भएकी ४६ वर्षीया महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

उनी गत ३० जेठमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसीयुमा उपचार भर्ना भएकी थिइन् ।

उनपचारको क्रममा सोमबार साँझ साढे ६ बजेतिर उनको निधन भएको थियो ।

उनको कोरोना परीक्षणको लागि भेरी अस्पताल पठाइएको थियो र परीक्षणका क्रममा कोरोना पोजेटिभ आएको प्रवक्ता गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा बताए ।

। यसअघि बाँके जिल्लामा जेठ ४ गते नरैनापुर गाउँपालिका ५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।

यससँगै नेपालमा कोरोनाको कारण ज्यान जानेको संख्या २० पुगेको छ । त्यस्तै आज मात्रै थप ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । त्यससँगै कुल संक्रमितको संख्या ७ हजार १ स ७७ पुगेको छ । हालसम्म १ हजार १ सय ६७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?