विदेशमा अलपत्र नागरिकको उद्धारमा निरन्तरताः आज बङ्गलादेश र बैंककबाट नेपालीहरु ल्याइँदै

काठमाडौं । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले आज पनि विभिन्न मुलुकबाट अलपत्र नेपाली उद्धार उडान गरी नेपाल ल्याउँदैछन् । नेपाल एयरलाइन्सले बैंककबाट र हिमालयले ढाकाबाट उद्धार उडान गरी नेपाली ल्याउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । त्यस प्रयोजनका निम्ति दुबै एयरलाइन्सका जहाज गन्तव्यतर्फ उडिसकेका छन् । दुबै जहाज साँझ काठमाडौँ फर्कने जनाइएको छ ।

विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० र निजी लगानीको हिमालय एयरलाइन्सका जहाज प्रयोग हुनेछन् ।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारो बडी जहाज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?