काठमाडौं – नेपालमा कोरोनाको संक्रमण तिव्र रुपमा फैलदै गईरहेको छ ।
परीक्षणको दायरा केहि बढाउँदा मात्रै पनि संक्रमित दैनिक २०० सयको हाराहारीमा थपिईरहेका छन् । मृतकको संख्या पनि थपिईरहेको छ ।
यता, यहि असार १ गतेदेखि लकडाउनको मोडालिटी केही परिमार्जन गरेर सरकारले जोर – विजोर आधारमा नीजि सवारी साधन सञ्चालन गर्न अनुमति दिएको छ भने अत्यावश्यक सेवाको लागि बनाइएको नियम यथावत् छ ।
सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा उच्च दरमा संक्रमित बढीरहेका छन् । ति जिल्लाहरुमा जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्न गृह मन्त्रालयले निर्देशन दिएसकेको छ । ति चार जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । अन्य जिल्लामा पनि संक्रमित यसैगरी बढ्दा अर्को निर्णय गर्नेछ । अहिले सावधानी अपनाएर मात्रै बाहिर निस्कन भनेको छ ।
संक्रमणको आधारमा प्रदेश :
प्रदेश नम्बर २ : नेपालको प्रदेश नम्बर २ कोरोनाको कारण अत्याधिक प्रभावित बनेको छ । स्वास्थ्य मन्त्रालयका अनुसान त्यहाँ २ हजार ४ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यहाँ कोरोनाको कारण ३ जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ४५४ जना संक्रमणमुक्त भएका छन् । यहाँका सबै ८ वटा जिल्लामा संक्रमण फैलिएको छ । यहाँ हालसम्म ७ हजार ९ सय २० वटा पिसिआर आरडिटी परिक्षण गरिएको छ ।
प्रदेश ५ : प्रदेश २ पछि बढी प्रभावित प्रदेश हो, प्रदेश ५ । यस प्रदेशमा कुल संक्रमितको संख्या १८२१ पुगेको छ । १८ हजार ९ सय २३ वटा आरडिटी र पिसिआर विधीबाट जाँच गरिएको छ । ३५२ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । ६ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश : संक्रमित संख्याको आधारमा तेस्रो नम्बरमा परेको छ, कर्णाली प्रदेश । सबैभन्दा अन्तिममा संक्रमण फैलिएको यस जिल्लाको दैलेखमा पहिलोपल्ट एक पुरुषमा संक्रमण देखिएको थियो । यहाँ कुल संक्रमितको संख्या ११०४ पुगेको छ भने ३ जनाको मृत्यु भएको छ । हालसम्म ८६ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । त्यहाँ कुल १६ हजार ४ सय २५ वटा आरडिटी र पिसिआर विधीबाट जाँच गरिएको छ ।
प्रदेश नम्बर १ : संक्रमणको हिसाबले चौँथो नम्बरमा छ, प्रदेश नम्बर १ यहाँ कुल ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ हालसम्म मृत्यु भएको रेकर्ड छैन । १ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आरडिटी र पिसिआर विधीबाट हालसम्म १८ हजार ६६ जनाको जाँच गरिएको छ ।
सुदूरपश्चिम प्रदेश : पाँचौँ नम्बरमा छ, सुदूरपश्चिम प्रदेश । यहाँ कुल ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ जनाको मृत्यु भएको छ भने २७ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यहाँ आरडिटी पिसीआर विधीबाट कुल १८ हजार ९ सय २३ वटा जाँच गरिएको छ ।
बाग्मती प्रदेश : छैटौँ नम्बरमा छ, बाग्मती प्रदेश । यस प्रदेशमा कुल २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ ४ जनाको मृत्यु भएको छ । हालसम्म ५० जना संक्रमणमुक्त भएर घर फर्केका छन् । यहाँ पिसिआर र आरडीटि विधीबाट ६९ हजार ५ सय ५२ वटा जाँच गरिएको छ ।
यसरी
गण्डकी प्रदेश : सातौँ नम्बरमा छ, गण्डकी प्रदेश । यस प्रदेशमा मृतकको संख्या १ छ भने कुल संक्रमितको संख्या २२१ पुगेको छ । यहाँ जम्मा १४ जना डिस्चार्ज भएका छन् । यहाँ पिसिआर र आरडीटि विधिबाट ६ हजार १ सय ३६ वटा जाँच गरिएको छ ।
कोरोनाको कारण नेपालमा हालसम्म १९ जनाको मृत्यु भएको छ । जसमध्ये ३ जना महिला र १६ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । प्रादेशीक विवरणअनुसार प्रदेश ५ मा सबैभन्दा धेरै अर्थात् ६ जनाको मृत्यु भएको छ । बाग्मती प्रदेशमा हालसम्म ४ जनाको मृत्यु भएको छ भने मृतकको संख्याको आधारमा प्रदेश २ र कर्णाली प्रदेशमा ३ ३ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशमा २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १ जनाको मृतयु भएको छ । प्रदेश १ मा हालसम्म मृत्युको रेकर्ड छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया