यी ६ खानेकुराले तपाईको छाला चम्काउँछ !

काठमाडौं । प्राकृतिक रुपमा मुहारमा चमक ल्याउन हामी विभिन्न उपायहरु अपनाउने गर्दछौँ । प्राकृतिक रुपमा अनुहारमा ल्याएको चमक लामो समयसम्म पनि रहिरहन्छ ।

प्रकृतिमा पाईने धेरै खानेकुराहरुको नियमित सेवनबाट हाम्रो छालामा प्राकृतिक रुपमा चमक आउँछ ।

आज हामी तपाईलाई प्राकृतिक रुपमा चमक ल्याउने खानेकुराको बारेमा तपाईलाई जानकारी गराउनेछौँ ।

१. ओखर

ओखर छालाको लागि धेरै गुणकारी खानेकुरा मानिन्छ । यसको दैनिक सेवनले छालालाई नरम बनाउनुका साथै प्राकृतिक रुपमा सुन्दर पनि बनाउछ ।

ओखरलाई खानुका साथै यसलाई पिसेर धुलो बनाएको पाउडरलाई फेसप्याकको रुपमा लगाउँदा पनि यसले फाइदा गर्दछ । यसलाई छालामा लगाउदा स्क्रबको काम गर्दछ ।

२. डार्क चकलेट

पश्चिमी मुलुकमा छालामा चमक ल्याउनका लागि चकलेट खाने चलन रहेको छ । अझ गाढा खैरो रङ को चकलेट छालाको लागि गुणकारी मानिन्छ ।

यसको नियमित सेवनले रक्तसञ्चारलाई राम्रो बनाएर मुहारको छालामा चमक ल्याउने काम गर्छ ।

३. किबी

निकै स्वादिलो फलको रुपमा प्रयोग गरिने किबीमा भिटामिन सीको मात्रा पर्याप्त मात्रामा हुने गर्दछ ।

यो फलको नियमित सेवनले मुहारमा चमक ल्याउनुका साथै अनुहारमा रहेका खराव वा नष्ट भएका छालाहरुलाई हटाएर नयाँ आउन लागेको छालाको स्याहारमा बिशेष भुमिका निभाउँछ ।

४. पालुंगो

छालाको चमकका लागि हरियो सागपात निकै लाभदायक मानिन्छ । यसमा पनि पालुंगोको साग अझ राम्रो हुन्छ ।

पालुंगोको सागमा भएको पोषक तत्वले बढ्दो उमेरमा छालामा आउने परिवर्तनहरुलाई रोक्ने काम गर्न मद्धत गर्छ ।

५. अण्डा

अण्डामा प्रोटिनको मात्रा पर्याप्त मात्रामा हुने गर्छ । यो प्रोटिनले छालालाई धेरै नै फाइदा गर्छ । अण्डावाट प्राप्त भएको प्रोटिनले छालामा हुने चाउरीपनलाई रोक्नुका साथै छालामा चमक पनि ल्याउने काम गर्छ ।

६. ब्रोकाउली

ब्रोकाउलीमा रहेको भिटामिन सि, तामा र फलामको गुणले छालामा देखा पर्ने धेरै किसिमका समस्याहरुलाई हटाउँछ ।

ब्रोकाउलीमा रहेको एण्टीअक्सिडेन्टले बढ्दो उमेरमा देखापर्ने समस्याहरुलाई पनि समाधान गर्ने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?