काठमाडौं – पूर्व नवलपरासीको गैँडाकोट नगरपालिका–७ मा पर्ने नारायणी नदीमा एक युवकको शव फेला परेको छ । नारायणी नदीमा माछा मार्न गएका व्यक्तिले नदीको बीच भागमा शव अड्किएर रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख चन्द्रबहादुर थापाले सो शव गैँडाकोट नगरपालिका–१ का २३ वर्षीय राजन शर्मा पौडेलको भएको बताए उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ ।
शव परीक्षणका लागि भरतपुर अस्पताल लगिएको थापाले जानकारी दिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया