डडेल्धुरा–परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले डडेल्धुरामा पिसीआर मेसिन खरिदका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । आफ्ना स्व दाजु दलबहादुर साउदको स्मृतिमा राजेन्द्र निर्माण सेवा प्रालिका तर्फबाट नगरप्रमुख साउदले रु पाँच लाख दिने बताएका हुन् ।
सुदूरपश्चिममा कोरोना परीक्षण गर्ने पिसीआर मेसिन एउटा मात्र रहेकाले परीक्षणको दायरा बढाउन डडेल्धुरामा पिसीआर मेसिन खरिद गर्न लागिएको हो । डडेल्धुरामा पिसीआर मेसिन खरिद गरेर जडान गर्न थुप्रै अभियान शुरु भइरहेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया