नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अर्को महिनाबाट

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अर्को महिनाबाट शुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार बसेको कार्यसमितिको आपतकालिन बैठकले विश्वकप छनोट खेलिरहेको टिमको प्रशिक्षण जुलाईबाट गर्ने निर्णय गरेको हो ।

कोरोना भाईरसको महामारीको कारण गत मार्चबाट टिमको प्रशिक्षण रोकिएको थियो । तर, विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको बाँकी खेल अक्टोबरबाट सुचारु हुने भएपछि नेपालले जुलाईबाट प्रशिक्षण थाल्ने भएको हो ।

एसियन फुटबल फेडेरसन (एएफसी) ले विश्वकप छनोट र एएफसी एसियन कप छनोट अन्तर्गत बाँकी रहेको खेल अक्टोबर र नोभेम्बरमा गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?