काठमाडौं- लद्दाख झडपमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको छ । भारत र चीनको सीमामा गएराति सो झडप भएको थियो । झडपमा भारतीय कमान्डिङ अफिसरको समेत ज्यान गएको छ । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । त्यसपछि भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृत्यु भएको हो ।
घटनामा केही चिनियाँ सैनिकको पनि मृत्यु भएको समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया