२०७४, ७ फाल्गुन सोमवार ०६:५६

मानवअधिकार आयोगको नाममा अर्बौं गोलमाल


प्रकाशित मिति : २०७४, ७ फाल्गुन सोमवार ०६:५६

काठमाडौं, ७ फागुन- विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैनस्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्राप्त गरेको रकमको हिसाब नदेखाएपछि आयोगले अर्थ मन्त्रालयलाई तीनपटक स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणका लागि अर्थसचिवलाई उपस्थित हुन निर्देशन दिए पनि सचिव भने आयोगमा उपस्थित भएका छैनन्। तर, अर्थले हिसाब त परै जाओस् पत्रको कुनै जवाफसमेत दिएको छैन। अन्नपूर्ण पोस्टमा खबर छप्राप्त वैदेशिक सहायता विवरणअनुसार डेनमार्कले आर्थिक वर्ष ०७२÷७३ मा २० करोड डेनिस क्रोनर आयोगका नाममा अर्थ मन्त्रालयले प्राप्त गरेको छ। यो रकम प्रचलित नेपाली रुपैयाँअनुसार तीन अर्ब ४० करोड ३० लाख हुन आउँछ। यस्तै, आर्थिक वर्ष ०७३÷७४ मा ३० लाख डेनिस क्रोनर आएको छ। यो रकम पाँच करोड १० लाख रुपैयाँ हुन्छ। यसैगरी, आर्थिक वर्ष ०७४÷७५ मा डेनमार्कमार्फत अमेरिकी डलर २९ हजार सात सय १६ (करिब साढे ३० लाख रुपैयाँ) प्राप्त भएको छशान्ति निर्माण र प्रजातन्त्रको विकास, स्थानीय सुशासन, न्यायमा पहुँच र महिला अधिकारको नाममा वैदेशिक रकम भित्रिएको छ। अर्थ मन्त्रालयले द्विपक्षीय एवं बहुपक्षीय वैदेशिक स्रोत तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत रकम प्राप्त गरेको छ तर आयोगको नाम भजाएर प्राप्त यो रकमबारे आयोग पदाधिकारीलाई कुनै सूचनासमेत दिइएको छैनआयोग अध्यक्ष अनुपराज शर्माले आयोगका नाममा दातृ निकायबाट आएको रकम गुपचुप रहेको बताए। ‘आयोगको नाम देखाएर अर्थ मन्त्रालयले रकम लिएको छ तर अहिलेसम्म हामीले एक पैसा पाएका छैनौं,’ शर्माले भने, ‘अर्थ मन्त्रालयलाई तीनपल्ट सोध्यौं। कुनै जवाफ दिइएको छैन। के प्रयोजनमा खर्च गरियो वा गरिएन। अडिट कसरी भयो, थाहा छैन। आयोगको नाममा सहयोग ल्याएर नदेखाउने कार्य वैदेशिक रकमको दुरुपयोग हो।’

प्रतिक्रिया दिनुहोस