काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अस्पतालबाट अर्काे अस्पतालमा बिरामी रिफर गर्दा आवश्यक प्रवन्ध मिलाउन सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ ।
एक अस्पतालबाट अर्काे अस्पतालमा रिफर गर्दा अस्पतालले राम्रो समन्वय नगरेका कारण बिरामीले दुख पाउने र मृत्यु समेत हुने गरेकाले मन्त्रालयले त्यस्तो आग्रह गरेको हो ।
बिरामी जुन अस्पताल पठाउन लागेको सम्बन्धीत अस्पतालसँग समन्वय गरी सहजता प्रदान गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया