चितुवाले खाएको बालकको परिवारलाई राहत

तनहुँ, ६ फागुन -तनहुँको भानु नगरपालिका वडा नं ३, दोरदोरका छ वर्षीय बालक विशाल श्रेष्ठलाई बुधबार राति चितुवाले खाएपछि पीडितको परिवारलाई रु ५० हजार राहत रकम उपलब्ध गराइएको छ पीडितको परिवारलाई शनिवार रु ५० हजार राहत दिइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले बताउनुभयो । तत्काललाई किरिया खर्चबापत सो रकम उपलब्ध गराइएको हो, उहाँले भन्नुभयो । जिल्ला वन अधिकृत अम्बिकाप्रसाद पौडेलले पीडितको घरमै पुगेर उक्त राहत रकम दिनुभएको हो जनावरको आक्रमणबाट मानिसको मृत्यु भएमा बढीमा रु १० लाख राहत रकम दिने कानूनी व्यवस्था छ । बालकलाई खाने जनावर नरभक्षी बाघ नभएर जंगलमै पाइने चितुवा भएको अनुमान गरिएको छ चितुवाको बच्चा रहेको ठाउँ वरिपरि बालक हिँडडुल गरेकाले खाएको हुनसक्ने वन कार्यालयका कर्मचारीले बताए सो घटना भएलगत्तै काठमाडौँको चिडियाखानाबाट आएको टोलीले दुई दिनसम्म उक्त जंगलमा चितुवालाई नियन्त्रणमा लिन सर्च गरेपनि फेला नपरेपछि त्यसै फर्केको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?