क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ

अर्घाखाँची । भूमिकास्थानको क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान –१ र २ ढाकावाङको क्वारेन्टाइनबाट भागेकाहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।

गत जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए ।

भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?