सिद्धबाबाको भीरबाट जीप खस्यो

रुपन्देही । बुटवल–तानसेन सडकखण्डको सिद्धबाबामा भीरबाट जीप खस्दा ६ युवक घाइते भएका छन् । प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाल्पाबाट बुटवलतर्फ आउँदै गर्दा प्रदेश ३—०१—२२च ४५२२ नम्बरको डबल क्याप जीप तिनाउ नदीमा अपराह्न खसेको थियो ।

दुर्घटनामा तिनाउ गाउँपालिका –३ दोभानका दया पाण्डे, शिव पाण्डे, नन्दु बस्याल, विनोद बस्याल, बालकृष्ण बस्याल र कृष्ण बस्याल घाइते भएको र सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?