काठमाडौं । म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालिन कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
सर्वोच्च अदालतले मंगलबार म्याच फिक्सिङको आरोपमा मुद्धा खेपिरहेका थापा सहित ६ जना फुटबरलाई सफाई दिएको हो । सर्वोच्चका न्यायाधीसद्धय आनन्द मोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त ईजलासले विशेष अदालतको निर्णयलाई सदर गरेको हो ।
सर्वोच्चको फैसलासंगै सागरसहित सन्दीप राई, विकाससिंह क्षेत्री, रितेश थापा, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले कानुनी रुपमा राजयबिरुद्धको अपराधको मुद्धामा अन्तिम सफाइ पाएका छन् ।
अदालतले सफाई दिए पनि एसियाली फुटबल महासंघ एएफसीको अनुशासन समितिले भने म्याच फिक्सिङमा संलग्न सबैलाई २०७२ मंसिरबाट आजीवन प्रतिबन्ध लगाईसकेको छ ।
यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै उनीहरुलाई सफाइ दिएको थियो । तर, सरकारी पक्षले उक्त फैसलाविरुद्ध २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सागरसहित ६ जनालाई २०७२ असोज २७ गते पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया