काठमाडौं । चीन र भारतको सीमावर्ती क्षेत्र लद्दाखमा दुई देशका सेनाबीच भएको झडपमा ५ चिनियाँ सैनिक र तीन भारतीय सैनिकको मृत्यु भएको छ ।
साथै ११ जना चिनियाँ सैनिक घाईते भएका छन् । सोमवार राती भएको चीन र भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखस्थित गलवान घाँटीमा दुबै देशका सेनाको बीचमा हिंस्रक झडप भएको थियो ।
जसमा चीनमा पाँच सैनिक तथा भारतीय सेनाका दुई जवान र एक अफिसरको मृत्यु भएको हो । सीमामा संकट बढ्दै गएको बेला भारतीय सेनाले आफ्नो बयानले हिंस्रक झडपमा दुबै पक्षको ठूलो क्षति भएको बताएको छ ।
सोमवार राती भएको झडपमा चीनका पाँच सैनिकको मृत्यु भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले पनि बताएका छन् ।
ग्लोबल टाइम्सले झडपमा पाँच चिनियाँ सैनिक मरेको दाबी गरेको छ । साथै ११ सैनिक घाईते भएको बताएको छ ।
लद्दाखमा चीन-भारतका सैनिकबीच झडप, एक अफिसर र दुई जवानको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया