लद्दाखमा चीन-भारतका सैनिकबीच झडप, एक अफिसर र दुई जवानको मृत्यु

काठमाडौं । भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा जारी विवादलाई लिएर दुई देशका सैनिकबीच भएको झडपमा एक भारतीय अफिसर सहित दुई सैनिकको मृत्यु भएको छ ।

सोमवार राती दुबै देशका सेनाहरुकोबीचमा हिंस्रक झडप भएको भारतीय सञ्चारमाध्यहमहरुले बताएका छन् ।

सोमवार राती गलवान घाटीको नजिक उक्त हिंस्रक झडप भएको थियो ।

भारतीय सेनाको तर्फबाट जारी गरिएको बयानमा गलवान घाटीमा सोमवार राती डि एस्केलेशनको प्रक्रियाका बेला चीन र भारतका सैनिकमा हिंस्रक झडप भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?