काठमाडौं । नेपालमा थप १ सय १७ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १ हजार १ सय ५८ पुगेको छ ।
आज धरानबाट १ जना महिला र ६ जना पुरुष कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
बाँकेबाट २२ जना पुरुष डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार नारायणी अस्पतालबाट ३ जना पुरुष कोरोना संक्रमण जितेर घर फर्केका छन् ।
त्यस्तै, भिम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष डिस्चार्ज भएका छन् ।
कोभिड क्लिनक अस्पतालबाट २५ जना पुरुषले कोरोना संक्रमण जितेका प्रवक्ता गौतमले बताए ।
कालिकोटमा २४ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन् । साथै दैलेखमा २ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रादेशीक अस्पताल सुर्खेतमा २ जनाले कोरोना संक्रमण जितेर। अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा मंगलवार एकैपटक ३८० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो
नेपालमा आज (मंगलवार) एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरे ।
उनका अनुसार आज फेला परेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार १५८ जना कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् ।
यसैबीच नेपालमा हिजो (सोमवार) एकैपटक ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जो नेपालमा एकैदिनमा थपिएका आजसम्मकै धेरै कोरोना संक्रमितको संख्या हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया