काठमाडौं । मंगलवार काठमाडौंमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा काठमाडौंकी १ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
सोमवार काठमाडौं उपत्यकामा एकैपटक ५ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिनेमा ४ जना काठमाडौं र १ जना ललितपुरका रहेका थिए ।
नेपालमा आज मात्रै थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल ६ हजार ५ सय ९१ पुगेको छ । प्रवक्ता गौतमका अनुसार नेपालमा हालसम्म १ हजार १ सय ५८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै हालसम्म कोरोनाको कारण १९ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया