काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूलाई स्पष्टीकरण सोधेको छ ।
गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन सत्तारुढ दलकै चार जना सांसद अनुपस्थित भएका थिए ।
नेकपा संसदीय दलले अनुपस्थित हुने सांसदहरु गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल र शिवकुमार मण्डललाई अनुपस्थित हुनाको चित्तबुझ्दो जवाफसहितको स्पष्टीकरण मागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया