कोरोना ‘भ्याक्सीन’को ‘एड्भान्स बुकिङ’ शुरु

काठमाडौं । बेलायतले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आफूले प्रभावी भ्याक्सीन तयार गरेको दाबी गरेको छ ।

बेलायतले यो औषधिको माध्यमबाट कोरोना संक्रमितहरुले रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्ने बताएको छ ।

इम्पीरियल कलेज लण्डनका वैज्ञानिकहरुले यस हप्ता ब्रिटेनमा मानिसहरुमा उक्त औषधिको ट्रायल हुने बताएको छ ।

कोरोना भाइरसको भ्याक्सीन बनाउन सारा विश्वका वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । महामारीसँग लड्नको लागि सबैलाई कोरोना भाइरसको औषधिको पर्खाईमा छन् ।

सोमवार ब्रिटिश सरकारद्वारा जारी गरिएको बयानमा भनिएको छ कि, इम्पीरियलद्वारा विकसित भ्याक्सीनको ट्रायल ३०० स्वास्थ मानिसमा गरिने छ । यस औषधिको मद्दतबाट उनीहरुलाई इम्यूनाइज गरिनेछ ।

त्यसका लागि इम्पीरियलाई सरकारले सबै सहयोग गरिरहेको छ । सरकारले उक्त संस्थालाई ४१ मिलियन पाउण्डको सहयोग गरेको छ ।

अहिलेसम्म उक्त औषधि जनावरमा मात्रै टेष्ट गरिएको थियो । यो औषधि लिने बित्तिकै मानिसमा एन्टीबडी विकसित हुन्छ ।

यस भ्याक्सीनलाई बनाउन ज्यानेटिक कोडको प्रयोग हुन्छ । मांशपेशीहरुलाई दबाएपछि कोशिकाहरुमा कोरोना भाइरसमाथि स्पाइकी प्रोटिन बन्न थाल्छ ।

त्यसले शरीरमा इम्यून विकसित हुन्छ, जो कोरोना भाइरसको संक्रमणसँग लड्ने गर्दछ ।

अक्सफोर्ड युनिभर्सिटीले हालै मात्र यस विषयमा अनुसन्धान शुरु गरेको छ । यसमा दश हजार भ्यालेन्टियर्स सहभागी छन् ।

कोरोनासँग लड्नका लागि यो औषधि कोरोनासँग लड्नको लागि धेरै सहयोगी सिद्ध हुने भन्दै खाजि तीव्र गरिएको छ ।

बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स र अमेरिका समेत केहि देशहरुले यो औषधिको लागि एडभान्स बुकिङ शुरु गरेका छन् । यो औषधि यस वर्षको अन्तिमसम्ममा आउने विश्वास गरिएको छ ।

विश्व सवास्थ्य संगठन (डब्ल्युएचओ) ले सोमवार दुई हप्तादेखि प्रत्येक दिन करिव एक लाख नयाँ केसहरु थपिँदै गएका छन् ।

यसको मुख्य कारण प्रत्येक देशमा कडाईका साथ लकडाउनको पालना नहुनु रहेको बताइएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ।। जनालाई संक्रमण भएको छ भने ।। जनाको मृत्यु भएको छ । त्यस्तै ।। जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ।। जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?