लकडाउन खुकुलो भएलगत्तै महानगरको क्लिनकमा भिड, खटिएका छन् एक्ला अहेब (भिडियोसहित)

काठमाडौं । गत वर्ष चैत्र ११ गतेबाट लागू भएको लकडाउन हिजो सोमबारबाट खुकुलो भएसँगै बालबालिकाको लागि खोप लगाउने, नियमित औषधी लिईरहेकाहरु, हेल्थ पोष्ट धाउन थालेका छन् । तर विडम्बना काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको शहरी सामुदायीक क्लिनक एक्ला अहेबको भरमा सञ्चालित छ ।

काठमाडौंको बाईपास १६ मा रहेको अर्बान स्वास्थ्य क्लिनिक लकडाउनका बीच पनि खोलिएको थियो । तर लकडाउन खुलेपछि मात्रै सेवाग्राहीको भिडभाड हुन थालेको छ । सरकारले कोरोनाको खतरा कम भएका कारण लकडाउन खुकुलो नबनाएको बरु यसको जोखिम बढीरहेको भन्दै थप सावधानी अपनाउन बारम्बार भनिरहेको छ तर एक जना अहेबका भरमा चलेको काठमाडौं महानगरपालिकाको २७ वटा क्लिनकहरुमध्ये अरबान हेल्थ बाइपासमा यतिबेला उत्तिकै भिड छ ।

सेवामा खटिएका अहेबले लोकपथसँग भने, एक त भवनको समस्याले गर्दा सेवा उपलब्ध गराउन समस्या भएको छ । अर्कोतर्फ भिडभाड उस्तै छ । एक्लैले त धान्नै मुस्किल ।


एकबाट दोस्रो व्यक्तिमा सजिलै सर्ने प्रकृति भएका कारण कोरोना भाईरस कोभिड-१९ बाट बच्न निकै सावधानी अपनाउनुपर्ने हुन्छ । त्यसैमाथि वृद्धवृद्धा, गर्भावस्था, सुत्केरी, विशेष अवस्थाका व्यक्ति, दिर्घरोगी, वृद्धवृद्धाले अझ बढी सचेत हुन मन्त्रालयले बारम्बार भनिरहेको छ । तर यहाँ न भौतिक दूरी कायम गरिएको छ न त सावधानीका उपाय । त्यसैमाथि एक जना अहेबको भरमा सिंगै क्लिनिक सञ्चालनमा छ ।

सेवाग्राहीसँग कुराकानी गरीरहेको स्वास्थ्यकर्मी क्लिनीकका निमित्त प्रमुख अहेब रामचन्द्र पोखरेल एउटै कोठामा राखेर सबै काम गर्नु पर्दा निकै अप्ठेरो गरी काम गरिरहेका देखिन्थे । उनले थपे दैनिक ३० देखी ३५ जना बिरामी उपचारका लागि जाने गरेका छन् ।

गत मंगलवार मात्र १ सय ५५ बालबालिकाले सो क्लिनिकबाट खोप सेवा लिएका छन् ।

स-साना बालबालिकाहरुलाइ एकै ठाँउमा राखेर भिडभाड गराएर खोप लगाउँदा उनीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने कारण अहेब पोखरेल निकै चिन्तित छन् । तर के गर्नु बाध्यता यस्तै छ उनी मधुरो सुनिन्छन् ।

काठमाडौं महानगरपालिकालाई पटक पटक यसबारेमा गुनासो राखेतापनि कुनै सुनुवाई नभएको उनले दुखेसो पोखे ।

यतिबेला सारा विश्व नै कोरोना भाईरस कोभिड-१९ को महामारीबाट त्रस्त छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म ६ हजार २ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ भने १९ जनाले कोरोना संक्मणका कारण ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या १ हजार ४१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?