सञ्चारकर्मी खनालको ‘नबिर्सौं वीरताको गाथा’ सार्वजनिक

काठमाडौँ । सञ्चारकर्मी चूरामणि खनालको ‘नबिर्सौं वीरताको गाथा’ सार्वजनिक भएको छ ।

नेपाली वीरताको इतिहास र गौरवपूर्ण विगतको स्मरणमा उनले ‘नबिर्सौं वीरताको गाथा’ युट्युबबाट रिलिज गरेका हुन्।

गीतमा शब्द र सङ्गीत उनैको रहेको छ । राष्ट्रप्रेमले ओतप्रोत यस गितमा खनाल र मनिका विश्वकर्माको आवाज सुन्न सकिन्छ ।

गीतको भिडियोमा गौतम खाती र साया भण्डारीलाई देख्न सकिन्छ ।

मनोज बस्नेतले खिचेको भिडियोलाई कथा एक्सप्रेसले प्रस्तुत गरेको हो भने बूढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा पुर्खाले देखाएको वीरता सम्झिएर नेपालको सीमा रक्षा गर्नुपर्ने भाव रहेको छ ।

यो आफ्नो पहिलो गीत राष्ट्रिय गीत भएको र आगामी दिनमा पनि राष्ट्रभक्तिका सिर्जनामा लागिरहने सर्जक खनालले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?