गण्डकी प्रदेशमा १८ नयाँ संक्रमित थपिए

गण्डकी प्रदेशका ५ जिल्लामा १८ नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकीमा कुल संक्रमित संख्या २२३ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार गोरखा, स्याङ्जा, नवलपुर, कास्की र बागलुङमा गरि थप १८ जनामा कोरोना पुष्टि भएको छ ।
गोरखामा सबैभन्दा बढी १० नयाँ संक्रमित थपिएका छन् । यसैगरी स्याङ्जाका ४ जना , नवलपुरको २ तथा कास्कीकाे पाेखरा र बागलुङका १-१ जना गरी १८ जनामा कोरोना पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?