पूर्वराजाको विज्ञप्तिः ‘अब समीक्षाको बेला आएको छ’

काठमाडौं, ६ फागुन – पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक सम्झौता, सहमतिमा देशको गौरव बढाउने कुनै पनि विषयले प्राथमिकता नपाएको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक विज्ञप्ति निकाली उनले यस्तो बताएका हुन् विज्ञप्तिमा उनले प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भनेर बुझिनु भ्रम भएको बताएका छन् । देशको राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकतालाई सबल बनाएर जनताको सर्वोपरी हितलाई केन्द्रमा राखी व्यवहार गर्नुपर्ने उनले विज्ञप्तिमार्फत बताएका छन् राजनीतिक परिवर्तनको दशकपछि पनि नेपालको उस्तै अवस्था भएकाले अब समीक्षा गर्नुपर्ने भन्दै विज्ञप्तिमा उनले भनेका छन्, ‘कानूनी राज एवम् सुशासनको प्रत्याभूति दिलाउनुपर्ने अवस्थालाई नेपालीले कहिलेसम्म व्यहोरिरहनु पर्ने हो?’उनले केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको र सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रका रुपमा जनताले आत्मसाथ गरिदिएको बताएका छन् साथै उनले नेपालीको भावना समेट्ने र देशको राष्ट्रियता एवम् राष्ट्रिय एकतालाई समृद्ध बनाउन प्रजातन्त्रलाई जोड दिँदै प्रजातन्त्र दिवसको अवसर पारेर नेपालीलाई शुभकामना व्यक्त गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?