क्वारेन्टाइनमै जन्मियो शिशु

वालिङ । वाग्लुङ जिल्लाको निसीखोला गाउँपालिकामा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छिन् । निसीखोला गाउँपालिका–५ निसीस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २१ वर्षीया रैमती विकले आज छोरालाई जन्म दिएको वडाध्यक्ष हर्कमान घर्तीले बताए ।

बाह्र दिनदेखि क्वारेन्टाइनमा रहेकी युवतीले छोरालाई जन्म दिएकी हुन् । सुत्केरीका श्रीमान समेत क्वारेन्टाइनमा रहेका छन् । भारतको पञ्जावबाट आएका श्रीमान श्रीमती गत जेठ २९ गते पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि रिपोर्ट आएको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?