सबै सवारी पास खारेज, टोकन अनुसार सेवा प्रवाह हुने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा प्रवाहका लागि जारी गरेका सवारी पास खारेज हुने भएको छ । टोकन प्रणाली लागू गरेको छ ।
जोर-बिजोर प्रणालीलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले यसअघिका पास खारेज गरेको र टोकन प्रणाली लागू गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अनिवार्य पालना गर्ने गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सेवा प्रवाह गरिने भएको छ ।

सरकारले चैत ११ गत लकडाउन घोषणा गरेदेखि नै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि निजी सवारी साधनका लागि पास जारी गरेको थियो ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?