हेर्नुहोस् २०७७ साल असार महिनाको राशिफल

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ)

वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । न्यायालयबाट हुने न्यायीक सम्पादन तपाईकै पक्षमा हुनेछन् । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

लेखन कलामा सुधार भएर जानेछ भने सामाजिक सञ्जाल तथा सञ्चारको माध्ययमबाट आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । व्यावसायमा राम्रो प्रगति हुन गई आर्थिक समृद्धीको बाटोमा लम्कन सकिनेछ ।

घरजग्गा तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ भने आधुनिक कृषि तथा पशुपालन व्यवसाय अवलम्वन गर्ने किसानहरुका लागि राज्यबाट आवश्यक सहयोग प्राप्त हुनेछ । कारोवारबाट भने जस्तो नाफा कमाउन सकिनेछ ।

सेवामुलक समाजिक संघ संस्थामा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन तथा अध्यापनमा प्रतिस्पर्धीहरुलाई पन्छाउदै अगाडी बढ्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वो)

यो महिना खनिज पदार्थ तथा फाली फलामजन्य व्यवसायमा लगानी गर्नेहरुले आम्दानीका स्रोतहरु फराकिला बनाउन सक्नेछन् । वादविवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निणयहरु तपाईकै पक्षमा हुनेछन् ।

पराक्रम बढेर जाने हुनाले शाहसिलो काम गर्ने जागर आउनेछ । लेखन कलाको माध्यमबाट आफ्ना ओजिलाभनाईहरु जनमानसमा पुर्याउन सकिनेछ ।

जनसम्पर्क बढ्ने तथा दाजुभाई,छरछिमेकिबाट काममा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । राज्यको नजिक भएर गरिने कामहरुबाट प्रशस्त फाईदा हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

महत्वपूर्ण यात्राको तय हुनेछ । विद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नै पक्षमा ल्याउन सकिनेछ ।

सामान्य स्वास्थ्य सम्बन्धी बिशेष गरि आँखामा समस्या बढ्न सक्छ ध्यान दिनुहोला । कुटुम्वसँगको सम्बन्धमा सामान्य मनमुटाव सिर्जना हुनेयोग रहेको छ । आर्थिक कारोवार गर्दा ध्यान दिनुहोला रुपैयाँ पैसा फस्न सक्छ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को,हा)

राम्रा पहिरमान सजिएर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । भौतिक शुख सुविधा एवम् सत्कार मिल्ने समय रहेको छ ।

पारिवारिक जमघट तथा सभा समारोहमा सहभागि भई मिष्ठान्न भोजन गर्ने अवसर जुर्नेछ । विद्यामा तथा प्रतिस्पर्धामा तपाईकै जित निश्चित छ । गीत संगीत तथा मोडलिङ पेशा व्यवसाय अगाल्ने हरुले आजको दिन मनग्गे आम्दानी गर्न सक्नेछन् ।

आफूले माया गर्ने मान्छेलाई मन मुटुमा राख्न सकिने तथा सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ भने सैद्धान्तिक विषयमा आफन्त,साथीभाई तथा अग्रज व्यक्तित्वहरुसँग विवाद सिर्जना हुनेछ ।

तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । तरपनि स्वास्थ्यमा रक्तचाप,आँखा तथा पेट सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

कामहरु समयमा सम्पन्न नहुँदा आर्थिक व्यवस्थापनको पाटो कमजोर रहनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो)

खर्च बढ्ने योग रहेको छ । अनावश्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिससँग सैद्धान्तिक विषयमा मतभेद बढ्नेछ भने मान्यजनहरुको सुझावलाई हुबहु लागु गरेर अगाडि बडे फाईदा हुने देखिन्छ ।

विदेशी भूमिमा बसेर गरिने लगानी तथा कामबाट मनग्गे आम्दानी हुनेछ भने स्वदेशी भूमिमा फाली फलाम तथा विलाशीताका सामानहरुको व्यापार व्यवसाय गर्दै हुनुहुन्छ भने ध्यान दिनुहोला घाटा लाग्न सक्छ ।

स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । साथीभाई तथा आफन्तको गलत सल्लाहले कामहरु बिग्रने हुँदा अरुको सल्लाह लिँदै निर्णय आफै गर्नुहोला ।

घर परिवारमा अनावश्यक भ्रम पैदा गरि झै झगडा गराउन आफन्तहरु लागि पर्नेछन् । सामाजिक काम गर्दा ख्याल गर्नुहोला शत्रुलाग्ने तथा फसाएर तपाईको मान सम्मान तथा प्रतिष्ठा गिराउन लागि पर्नेहरुको जमात सक्रिय भएर लाग्नेछन् ।

सिंह (मा, मी, मू , मे, मो, टा, टी, टू ,टे)

राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले राज्यबाट लाभ तथा सम्मान पाउने समय रहेको छ ।

नोकरीमा पदोन्नती तथा व्यापार व्यवसायमा बढोत्तरि हुने गतिलो सम्भावना रहेको छ । लामो समयदेखि थाति रहेका काम तथा मुद्दाहरु किनारा लाग्नेछन् ।

प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोग गरेर प्रसस्त धन तथा सम्पत्ती कमाउन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजन गर्ने अवसर जुर्नेछ । धर्म तथा आध्यात्मिकतामा मन जानेछ ।

पैत्रिक धन तथा भौतिक सम्पत्ती हातलागि हुने योग रहेको छ । बिपरित लिङ्ग तथा साथीसंगतले फाईदा हुने तथा विलाशी सामान प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । विद्यार्थि वर्गहरुले विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पक्षमा पार्न सक्नेछन् ।

कन्या (टो, पा, पी,पु,ष,ण,ठ,पे,पो)

उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान,ईज्जत, प्रतिष्ठा बढेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको विकाश हुनेछ ।

प्रशासनिक क्षेत्रमा तपाईको वर्चश्व कायम रहने छ । राज्यसँग नजिक रहेर गरिने प्रत्यक काममा सफलता हात लाग्नेछ । यो महिना नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने प्रसस्त सम्भावना रहेको छ ।

व्यापार व्यवसायमा समय लगानी गर्नेहरुले नयाँ–नयाँ ठाउँमा लागानी गरी प्रशस्त नाफा कमाउन सक्नेछन् । प्रेम तथा मित्रताको बन्धन गसिलो भएर जाने तथा सुयोग्य वर वधुको लगन गाँठो बाधिने गतिलो सम्भावना रहेको छ भने माया प्रेम तथा दाम्पत्य जीवनको गाठो झन् गसिलो भएर जानेछ ।

पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । वौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाई तथा खोज अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ ।

तुला (रा, री रु, रे, रो, ता, ती, तू ,ते)

प्रशासनीक तथा सरकारी क्षेत्रमा तपाईकै वर्चश्व रहनेछ । निर्णायक पदमा हुनुहुन्छ भने यो महिना गरिने निर्णयहरु समाजको पक्षमा हुनेछन् ।

योजनाहरु चुश्तरुपमा अगाडि बढ्नेछन् भने चुनौतिहरुका पर्खालहरु आफै ढल्नेछन् । राज्यबाट आर्थिक लाभ तथा सम्मान पाईने हुँदा मन प्रशन्न रहनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरुले आफ्नो प्रतिस्पर्धी हरुलाई हराउन अली बढी मिहेनत गर्नुपर्नेछ । माया प्रेममा कहिले नजिक त कहिले टाडा हुने अवस्था रहेपनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ ।

महिला मित्रहरुले हरतरह फसाउन खोज्ने तथा असहयोग गर्नेछन् ध्यान दिनुहोला । समाजका पक्षमा राम्रा काम गर्दा गर्दै विपक्षीहरुले अनावश्यक भ्रम छरेर आलोचना गर्नेछन् ।

वृश्चिक (तो,ना,नी,नू ,ने,नो,या,यी,यू)

यो महिना मिश्रित फल पाईने छ । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नी वीच मनमुटाव बढ्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने छ भने दात,मेरुदण्ड,हाडजोर्नि तथा प्रेसर हाई लो हुने समस्या आउन सक्छ ध्यान दिनुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ ।

राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनुहोला गलत व्यक्ती हरुको सल्लाहमा गलत निर्णयहरु हुन सक्छन् ।

पढाई लेखाईमा ध्यान नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा अलि बढी संघर्ष गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

व्यापार भावमा गोचर गर्ने शुक्रले नयाँ नयाँ फेसेनेवल तथा विलाशिताका सामानहरु प्रयोग गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

दाजुभाईबाट भनेजस्तो सहयोग पाईने हुदा विलाशी तथा फेसेनेवल वस्तुहरुको व्यापारमा लगानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समय र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउन मुस्किल पर्नेछ भने धन सम्पत्ती तथा मान हानी हुने हुँदा मन विचलित हुनेछ । काममा अप्रत्यासित बाधा व्यवधान आईलाग्ने तथा ठूलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । वौद्धिक व्यक्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ ।

परिवारमा आफन्त तथा पति पत्नीबीच वैमनश्यता पैदा हुनेछ । लामो दुरिको कष्टकर यात्रा हुन सक्छ ख्याल गर्नुहोला ।

सामान्य टाउको दुख्ने समस्याले सताउन सक्छ । तरपनि औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

विलाशीताको सामान प्रयोग मार्फत भरपुर सन्तुष्टि लिन सकिनेछ भने कुटुम्व तथा आफन्तबाट सहयोग तथा समर्थन पाईने हुँदा मन प्रशन्न रहनेछ । विद्या तथा प्रतिस्पर्धामा विद्यार्थी वर्गहरुले अल बढी मिहेनत गर्दा आफ्नो पोल्टोमा नतिजा पार्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो, ख, खी, खू,खे, खो,गा,गी)

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई सजिलै हराउन सकिने तथा नतिजा आफ्नै हातमा पर्नेछ ।

लेखन कलाको विकास हुने तथा मनोरञ्जनात्मक कितावहरु अध्यन गर्ने अवसर प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक सम्पादन तपाईकै पक्षमा हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन अलि बढी समय लगानी गर्नुपर्नेछ ।

पुरानो लेनदेन सम्बन्धी कारोवारहरु सल्टिनेछ भने संकट व्यावस्थापनका लागि चालिएका कदमहरुबाट सकारात्मक नतिजा आउनेछ ।

कामहरु समयमा सम्पन्न हुने हुनाले तपाईको दैनिकी फेरिनेछ भने महिला मित्रसँग कारोवार गर्दा सजक रहनुहोला अनावस्यक लाञ्छनाहरु लाग्न सक्छन् । तर पनि बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला पति पत्नीबीचको स्वास्थमा समस्या आउन सक्छ ।

कामको सवालमा अधिक यात्रा हुने योग रहेपनि न्यून उपलब्धीमा चित्त बुझाउनु पर्दा मनमा नरमाईलो महशुस हुनेछ ।

कुम्भ (गू ,गे,गो,सा,सी,सू ,से,सो,दा)

आकस्मिक लाभ हुनेछ भने भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । बाधा अवरोधहरु स्वत हटेर जानेछन् । वौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ ।

परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग हुनेछ । व्यापारमा लगानी बढाउदा लामो समय सम्म आम्दानी भईरहेनछ ।

प्रेम गर्ने जोडीहरुले एक अर्काबीच भावना साटासाट गरी समय व्यतित गर्न सक्नेछन् । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायीक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची)

स्थिर सम्पती,घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । राजनीति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि विपक्षीहरुले अनावश्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला ।

आमा,आफन्त तथा आत्मिय मित्रहरुसँग टाडिनु पर्दा मन खिन्न हुनेछ । छाती सम्बन्धी समस्याले सताउने हुदा दैनिक काम गर्न गाह्रो महशुस हुनेछ । तर पनि माया प्रेमको बन्धन गसिलो हुनुको साथै एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगती उन्नतीमा रमाउने समय रहेको छ ।

विद्या तथा प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी हरुले आफ्नो पक्षमा नतिजा ल्याएर घर परिवार तथा गुरुवर्गहरुलाई खुशी पार्नेछन् । फेन्सि तथा विलासी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?