काठमाडौं, ६ फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको ‘वान टू वान’ वार्ता सकिएको छ भक्तपुरको पुरानो ठिमीस्थित एक व्यापारीको घरमा ‘वान टू वान’ वार्ता भएको हो । वार्तामा पार्टी एकता र कर्यदिशाका साथै माओवादी केन्द्रको सरकारमा सहभागिताका विषयमा छलफल भएको ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले जानकारी दिए यद्यपी ओली र प्रचण्डबीच कुनै पनि विषयमा सहमति नभएको बताइएको छ । अधिकारीले छलफल सकारात्मक भएको र पुनः छलफलमा बस्ने गरी आजको वार्ता सकिएको बताए आजको बैठकमा ओलीले माओवादीबाट सरकारमा सहभागि हुनेहरुको नाम पठाउन प्रचण्डसँग आग्रह गरेका थिए । तर, एकीकृत पार्टीका लागि विवाद रहेको कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागि नहुने जवाफ प्रचण्डले दिएको बताइएको छ माओवादीले २१औं सताब्दीको जनवाद र माओवादी एकीकृत पार्टीको कार्यदिशा हुनुपर्ने अडान लिँदै आएको छ भने एमालेले जब बाहेक अरु विषयमा छलफल हुँनै नसक्ने बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया