पर्सा, ६ फागुन । पर्साको ठोरी गाउँपालिकामा ६५ फिट अग्लो बौद्धको झण्डा ठड्याइएको छ आइतबार पर्साको ठोरी गाउँपालिका–४, घ्याङडाडामा २ लाख ५० हजारको लागतमा जमिनबाट करिब ६५ फिट अग्लो झण्डा ठड्याइएको हो । यो झण्डा नेपालकै सबैभन्दा अग्लो बौद्ध भण्डा भएको दाबी गरिएको छ समितिको सदस्य निमा लामाले भने, ‘स्यम्भुको ह्वाइट गुम्बामा ५५ फिट अग्लो झण्डा छ, हामीले ६५ फिट अग्लो बनाएका छौं ।’, ‘नेपालमै सबैभन्दा अग्लो बौद्ध झण्डा फहराउन सफल भएका छौं ।’ उनले भने २८५४औं खी ल्होछार मुल आयोजक समतिका अध्यक्ष बुद्धलाल पाख्रीले स्थानीय बौद्ध धर्मगुरुहरुबाट बौद्ध संस्कृति अनुसार पूजापाठ गरि उक्त झण्डातोलन गरिएको जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया