बितेको २४ घण्टामा विश्वभर थप ३ हजार २५८ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोनाभाइरसबाट ज्यान गुमाउनेको कूल संख्या ४ लाख ३५ हजार १७६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै आइतबार १ लाख २३ हजार ७८३ जना नयाँ संक्रमित फेला परेका छन् । विश्वभर हालसम्म ७९ लाख ८४ हजार ३०७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
जसमध्ये ४१ लाख ४ हजार जना निको भएका छन् भने अझै पनि ३४ लाख ४५ हजारको उपचार भइरहेको छ । यस्तै ५४ हजारको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया