पहिलो हाफमा रियल मड्रिडको अग्रता

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत उपाधिका दाबेदार क्लब रियल मड्रिडले इबरसँगको भिड्न्तको पहिलो हाफ सकिएको छ ।

खेलको पहिलो हाफ सक्कीदा रियलले ३-० को अग्रत बनाएको छ । खेल शुरु भएको ३ मिनेटमै रियलले अग्रता बनाएको थियो । खेलको ३ मिनेटमा देनी क्रुसले गोल गर्दै रियल मड्रिडलाई गोलको खाता खोलेका थिए । त्यस्तै, खेलको ३० औं मिनेटमा रामोसले गर्दै रियलको अग्रतालाई २ बनाए ।  खेलको ३७ औं मिनेटमा मार्रसेलोले गोल गरे ।

कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि रियलले पहिलो खेलमा इबरसँग भएको हो ।

लिगको दोस्रो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ५ अंकले पछि रहेको छ । त्यसैले रियल इबरलाई हराएर बार्सिलोनासँगको अंक दुरी कम गर्न चाहन्छ ।

रियलले २७ खेलबाट ५६ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६१ अंक रहेको छ । यता, इबर २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ । रियलविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै इबर अंक तालिका सुधार गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?