संक्रमितका हिसावले रसिया तेस्रो स्थानमा, मृतकको संख्या न्यून

काठमाडौं । कोरोना संक्रमितको हिसावले रसिया विश्वको तेस्रो नम्बरमा परेको छ । तर मृतकको संख्या भने अन्य प्रभावित देशको तुलनामा कम देखिएका छ ।
वर्ल्डोमिटर्सका अनुसार रसियामा मात्र ६ हजार ९४८ को मृत्यु भएको छ भने संक्रमितको संख्या चाहिँ ५ लाख २८ हजार बढी रहेको छ ।

जवकी पहिलो र दोस्रो स्थानमा रहेको अमेरिका र ब्राजिलमा मृतकको संख्या क्रमशः १ लाख १७ हजार र ४२ हजार बढी रहेको छ । यस्तै ती देशमा संक्रमितको संख्या क्रमशः २१ लाख ५१ हजार र ८ लाख ५२ हजार हाराहारीमा रहेका छन् ।

रसियामा भन्दा कम कम संक्रमित रहेका युके, भारत, स्पेन, इटाली, जर्मनी इरान, फ्रान्स, मेक्सिको, क्यानडा र बेल्जियममा मृतकको संख्या धेरै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?