काठमाडौं । आइतबार जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश र बाहिरने प्रयोजनन लागि सवारी पास दिने सन्दर्भमा निकालिएको सूचनाले तरंग ल्याएको छ ।
सो सूचनामा हाल काठमाडौं बाहिर भएकाले काठमाडौं आउनलाई आफू आउन चाहने सम्बन्धित स्थानीय तहको अनुमति लिनुपर्ने नियम बनाइएको छ । सूचनामा भनिएको छ, ‘काठमाडौं जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ, सोही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमतिसहित यात्रा सुरुगर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहुन ।’
सोपत्रसहित जिल्लामा निवेदन दिएपछि पनि गृहले अनुमति दिनुपर्ने भनिएको छ । अहिले राजधानीमा धेरै कार्यालय खुलिसकेको छर कतिपय पेशा व्यवसाय गर्नुपर्नेहरु राजधानी आउनुपर्ने बाध्यता रहेकोमा प्रशासनले अव्यवहारिक निर्णय गरेको हो ।

सरकारले कोरोना नियन्त्रणका लागि गरेको लकडउन नै खुकुलो बनाएको अवस्थामा राजधानी बाहिर भएका धेरै मानिस भित्रिनु पर्ने हुन्छ । कि सरकारले लकडाउन खुकुलो बनाउनै हुन्नथ्यो यदि बनाइसकेपछि उनीहरुले आफूहरुको पेसा व्यवसायमा पनि फर्कन पाउनुपर्ने हो तर सरकारले यस्तो निर्णय गरेर समस्या थोपरेको छ ।
लकडाउनमा कडाइ हुँदासम्म व्यापार व्यवसाय, निजी यातायात केही पनि खुला थिइन अहिले भने सरकारी र गैरसरकारी कार्यालय समेत खोल्ने निर्णय भएकोअवस्थामा प्रशासनले अव्यवहारिक निर्णय गरेर समस्यामा पारेको धेरैको गुनासो छ ।
अर्कोतर्फ स्थानीय सरकारले बाहिरबाट कसैले अनुमति मागेको बेला अनुमति दिने संयन्त्र समेत नभएकाले पहुँच नभएकाहरुलाई चर्को समस्या पर्ने उनीहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया