काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत उपाधिका दाबेदार क्लब रियल मड्रिडले इबरसँग प्रतिस्पर्धा गर्दैछन् ।
खेल शुरु भएको ३ मिनेटमै रियलले अग्रता बनाएको छ । खेलको ३ मिनेटमा देनी क्रुसले गोल गर्दै रियल मड्रिडलाई गोलको खाता खोलेका छन् ।
कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि रियलले पहिलो खेलमा इबरसँग भएको हो ।
अल्फ्रेडो डी स्टेफानो मैदानमा रियल सहज जितको खोजीमा छ । तुलनात्मक कमजोर टिम इबरविरुद्ध रियल जित निकाल्दै ला लिगाको उपाधि होड कायम राख्ने योजनामा छ ।
लिगको दोस्रो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ५ अंकले पछि रहेको छ । त्यसैले रियल इबरलाई हराएर बार्सिलोनासँगको अंक दुरी कम गर्न चाहन्छ ।
रियलले २७ खेलबाट ५६ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ६१ अंक रहेको छ । यता, इबर २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ । रियलविरुद्ध अप्रत्यासित नतिजा निकाल्दै इबर अंक तालिका सुधार गर्न चाहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया