काठमाडौं । शनिबार राति करिब साढे १२ बजेतिर कैलालीको लम्कीमा एक ३१ वर्षीय महिला सामूहिक बलात्कारको सिकार भएकी छिन् । भारतबाट गत जेठ २० गते आएर स्थानीय क्वारेन्टाइनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडानम्बर १ की ३१ वर्षीय महिला क्वारेन्टाइनमै बलात्कृत भएकी हुन् ।
स्थानीय सहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा २० गतेदेखि नै बस्नै आएकी उनलाई त्यही कार्यरत तीन युवाले मध्यरातमा सामूहिक बलात्कार गरेको र हल्ला गरे ज्यानै लिने धम्कीसमेत दिएको पीडितले बताएकी छिन् ।
पीडितको १४ र १२ वर्षीय २ सन्तान समेत रहेका छन् भने श्रीमानसँग सम्बन्ध सुमधुर नभएपछि दैनिकी चलाउन विगत ३ वर्षदेखि भारतको बैंग्लरुमा बस्दै आएकी थिइन् । सो क्रममा उनको दुई सन्तान भने माइतीमा बस्दै आएको बताइएको छ ।
यस विषयमा पीडितका भाइले घटनाको बेलिविस्तार यसरी लगाएः
मेरो घर लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा पर्छ । दिदीको ठेगानापनि उही हो । बिहेपनि उनको श्रीमानसँग सम्बन्ध राम्रो हुन सकेन र । श्रीमानले छाडेपछि निकै दुःख पाइन् । दुःख पाएकै कारण उनको दुई सन्तान समेत भइसकेकाले मेरो घर (मामाघर) मा बस्दै आएका छन् । उनीहरु १४ र १२ वर्षका भए भने दिदी चाहिँ दैनिकी चलाउनकै लागि भारतको बैंग्लोरमा थिइन् । कोरोनाभाइरसका कारण उनी त्यहाँको रोजगारी गुमेपछि अकेन हण्डर ठक्कर खाँदै जेठ २० मा गाउँ आइपुगिन् र वडानम्बर १ कै सहिद स्मृति विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । उनी बसेको कोठामा शनिबारसम्म ९ जना भएकोमा त्यसदिन आठ जनाको आरडीडी नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइयो । त्यसदिन उनीहरु गएपछि दिदी एक्लै भइन् र त्यही राति यस्तो अत्यासलाग्दो घटना हुन पुगेछ ।
विद्यालय भवनको असुरक्षित क्वारेन्टाइनमा चुकुल लगाएर सुत्दा केही युवाहरुले झ्यालमा ढकढक्याउने, ढुंगा हान्ने गर्न थालेछन् । किन ढकढक्याएको, ढुंगा हानेको भन्दा काम परेको भन्दै बाहिर आउन भन्दै निरन्तर यसै गरिरहेछन् । तर उनी शंका लागि बाहिर धेरै बेर नभएपनि यो क्रम नरोकिएछ । त्यसपछि उनी ढोका खोलेर बाहिर जानेबित्तिकै युवाहरुले जबरजस्ती करणी गरेको दिदीले बताएकी छिन् । उनीहरु क्वारेन्टाइनमै खटिएका स्वयम्सेवक र एक जना अहेब भनिएको छ तर को हुन् थाहा भएन । प्रहरीले छानबिन गरेर घटना बाहिर ल्याउला भन्ने आश छ । बलात्कार पछि उनीहरुले आफूहरुले भिडियो खिचेकाले जिन्दगी बर्बाद पारिदिन सक्ने भन्दै धम्क्याएका छन् । साथै जे पनि गर्न सक्ने धम्की समेत दिएका छन् ।
दिदीको आजमात्रै आरडीटी गर्दा कोरोना जेगेटिभ देखिएको छ तैपनि आजै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पनि लगिएको सुनिएको छ तर त्यो भन्दा पनि ठूलो कुरा दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो । हामीले धम्की प्रहरीमा उजुरी दिएका छौं, छानबिन गरेर दोषीमाथि कारबाही होला भन्ने आश छ ।
यसैबीच प्रहरीले पीडितको किटानी जाहेरीको आधारमा ३ जनालाई आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक विष्टले बलात्कारको आरोपमा किशोर परियार २२ वर्ष, लक्ष्मण विक २० सज्जन बिक वर्षका लाई पक्राउ गरेर अनुसन्धान थालिएको जानकारी दिए । उनीहरु त्यहाँ कार्यरत स्वयम्सेवक भएको बुझिएको छ । क्वारेन्टाइन कोरोना नियन्त्रणको लागि सुरक्षित स्थल भनिँदै आएकोमा त्यही कार्यरतबाट यस्तो हर्कत भएको विषय बाहिरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया