कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित

बुटवल, ६ फागुन । कृष्णी थारु प्रदेश ५ को उपसभामुखमा निर्वाचित भएकी छन् । पूर्व कमलरी थारुले ६६ मत ल्याएर उपसभामुखमा जित हासिल गरेकी हुन् प्रदेश ५ को उपसभामुखका लागि नेपाली काँग्रेसकी रिना नेपाल विकको उम्मेदवारी परेको थियो । निर्वाचनका समयमा उपस्थित ८५ जना सांसदमध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको थियो संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे । फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्ट्रिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् प्रदेश ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?