अपरहणमा परेका वडा अध्यक्षका छोरा मृत फेला

-पुनहरी घिमिरेकपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ बर्षिया छोरा महोम्मद एमान मृत फेला परेका छन् तीन दिन अघि अपरहणमा परेका भनिएका एमान आज बिहान मृत फेला परेका हुन् । आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए अपहरणकारिबाटै यी बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको कार्कीको भनाई छ दोषी पत्ता लगाई करवाहीको कटघेरामा ल्याउने कार्कीले बताए । बालक गत विहिवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेको र बाटैबाट वेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?